ब्राउन सुगरसहित तीनजना पक्राउ – Kanika Khabar
Friday, October 7Nepali News Portal

ब्राउन सुगरसहित तीनजना पक्राउ

    मा प्रकाशित

कनिका खबर
दाङ, ९ भदौ ।

दाङ लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । लमही नगरपालिका–२ श्रीगाउँस्थित ड्रिमल्याण्ड होटलबाट उनीहरुलाई सोमवार राति साढे १२ बजेतिर पक्राउ गरिएको ५ नं। प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षीय शालिकराम सारुमगर, उनकी श्रीमती ३३ बर्षीया पार्वती सारुमगर र सोही ठाउँका ३२ बर्षीय चन्द्रबहादुर बगाले मगर रहेको ५ नं। प्रदेश कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोशाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट खैरो रङको धुलो पदार्थ ३९ ग्राम र उनीहरुले प्रयोग गर्ने गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी बरामद गरेको छ ।

सोही होटलको माथिल्लो तलाको कोठामा बसिरहेका शालिक राम सारुमगरको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्