संकटको बेलामा नेतृत्वको परिक्षण हुने सभामुख सापकोटाको भनाइ – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

संकटको बेलामा नेतृत्वको परिक्षण हुने सभामुख सापकोटाको भनाइ

    मा प्रकाशित

कनिका खबर
भदौं १०, सिन्धुपाल्चोक
सभामुख अग्निप्रसाद सापकोटाले संकटको बेलामा नेतृत्वको परिक्षण हुने बताउनुभएको छ सिन्धुपाल्चोक जुगल गाउपालिका २ लिदी पहिरो विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।
लिदीमा पहिरोबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बासखर्क पुगेर सभामुखले संकटको बेलामा आफ्नो नेतृत्वको परिक्षण हुने बताउनुभयो । जनतालाई संकट परेकाको बेलामानै नेतृत्वको परिक्षण हुन्छ तर, कहिलै पनि दुख र संकटको बेलामा साथ नछाड्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो । सभामुख सापकोटा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क पुग्नुभएको थियो ।

बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण समेत हस्तान्तरण गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्