प्रदेश अस्पताल सुर्खेत अनिश्चितकालीन बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश अस्पताल सुर्खेत अनिश्चितकालीन बन्द

    मा प्रकाशित

कनिका खबर
भदौ ११, सुर्खेत ।
प्रद्श अस्पताल सुर्खेत अनिश्चितकालीन बन्द भएको छ । अस्पतालका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालीन बन्द गरिएको हो ।

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर, सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको छ ।

हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचारारत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्