विमल गौतम
तुलसीपुर,११ भदौ ।
नेपाल तरुण दलले डेंगु नियन्त्रण तथा रोकथामका लागि तुलसीपुरमा औषधी छर्कने कार्य शुरु गरेको छ ।
तरुण दल क्षेत्र नम्वर ३ को आयोजनामा तुलसीपुरका धेरै भीडभाड हुने कार्यालयहरुमा लामखुट्टेवाट सर्ने डेंगु रोग नियन्त्रणका लागि औषधी छर्कने कार्य शुरु गरेको हो ।
तरुण दल क्षेत्र नम्वर ३ का सभापति ललितजंग पाण्डेको नेतृत्वमा तरुण युवाहरुले तुलसीपुरमा रहेका विभिन्न कार्यलयहरुमा डेंगुरोग नियन्त्रणका लागि औषधी छर्कने कार्य गरेको हो ।
कोरोनासंगसंगै अहिलेको समयमा लामखुट्टेका कारण डेगु लाग्न सक्ने हुदाँ युवाहरु पनि जागरुक र परिचालन हुनु पर्ने भन्दै पहिलो चरणमा सरकारि कार्यालयहरुमा औषधी छर्कन लागेको सभापति पाण्डेले बताएका छन् ।
अहिलेसम्म राप्ती आखाँ अस्पताल, राप्ती प्रादेशिक अस्पताल, ईलाका प्रहरी कार्यलय , प्रदेश प्रहरी कार्यालय,बेलुवा प्रहरी चौकी ,सशस्त्र प्रहरी बेस क्याम्प , तुलसीपुर उपमहानगर पालिका, मासु मार्केटलगायतका स्थानमा औषधी छर्कने कार्य सम्पन्न गरेको तरुण दल तुलसीपुर नगर कोषाध्यक्ष मन्जित बाठाले बताएका छन् ।
त्यसैगरि अझै केहिदिन तुलसीपुरका धेरै भीडभाड हुने सवै सरकारी कार्यालयहरुमा औषधी छर्कने कार्यक्रम रहेको सभापति पाण्डेले बताए । औषधी छर्कनका लागि नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले मेसीन उपलब्ध गराएका थिए ।