दाङमा आज लकडाउनको दोस्रो दिन, अटेरी गरी जथाभावी हिँड्नेलाई ‘होल्ड’मा – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा आज लकडाउनको दोस्रो दिन, अटेरी गरी जथाभावी हिँड्नेलाई ‘होल्ड’मा

    मा प्रकाशित

सञ्जिव पछाइ
भदौ १६, दाङ ।


दाङमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको आज दोस्रो दिन लकडाउनलाई कडाइ गरिएको छ । लकडाउनको उल्लङ्घन गरेर बाहिर निस्कनेहलाई प्रहरीले होल्डमा राख्ने गरेको छ । बजारमा जथाभावी हिँड्ने सर्बसाधरणलाई समेत केी सयम होल्ड गरी नाम र ठेगाना लेखेर छोड्ने गरिएको छ । स्थानय प्रशासनले गरेको यो दोस्रो लकडाउन हो । जिल्लामा सामुदायिकस्तरमै कोरोना भेटिएपछि झन कडा रुपमा लकडाउन गरिएको हो । हिजो मात्रै दाङमा १२ जना कोरोनाका बिरामी थपिएका हुन् । घोराहीको दामोदर चोकमा होल्डिङ जोन नै बनाएर जथाभावी हिँड्ने सर्बसाधारणलाई जोनभित्र राखी कोरोना सम्बन्धी आवश्यक कुरा सिकाइ छोडिदिने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको सामुन्नेमा पनि लकडाउन उल्लङ्घन गर्नेलाई होल्डमा राखिएको छ ।
यस्तै दाङमा आइतबार रातीदेखि जारी भएको लकडाउनको समयमा अटेरी गरेर सञ्चालनमा आएका ९७ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार मात्र लकडाउनको अवज्ञा गर्दै गुडिरहेका ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउनको अवज्ञा गर्नेमा ट्रक, टिप्पर र मोटरसाइलक छन् । जस अनुसार सोमबार कार्वाहीमा पर्नेमा सबैभन्दा धेरै ट्रक र टिप्पर गरी ७१ वटा कार्वाहीमा परेका छन् भने २२ वटा मोटरसाइलक कार्वाहीमा परेका छन् । लकडाउनको अवज्ञा गर्ने एउटा अटो पनि कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्