एन्फाको १९ औं साधारण सभा आज – Kanika Khabar
Thursday, May 2Nepali News Portal

एन्फाको १९ औं साधारण सभा आज

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा आज बस्दैछ ।कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो ।साधारण सभा सानेपामा हुनेछ ।यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो ।

साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।जोशीले अनुमातित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्