निर्वाचन आयोगले नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलायो – Kanika Khabar
Sunday, May 5Nepali News Portal

निर्वाचन आयोगले नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलायो

    मा प्रकाशित

कनिका खबर
माघ १६, काठमाडौं

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई आज छलफलका लागि बोलाइएको हो । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको उहाँले बताउनुभयो । छलफल विहान साँढे ११ बजेको बोलाईएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच/पाँच जना पठाउन भनिएको श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्