मा प्रकाशित
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ । पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गर्नुभयो ।
खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाउनुभयो । जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौका भने गुमाएको छ ।