पपुवा न्युगिनी बिरुद्ध नेपालको ब्याटिङ जारी – Kanika Khabar
Sunday, April 28Nepali News Portal

पपुवा न्युगिनी बिरुद्ध नेपालको ब्याटिङ जारी

    मा प्रकाशित

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनीसँगको दोस्रो खेलमा ब्याटिङ गरिरहेको छ । ओमानको अल अमरेत मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।

 

यो खबर तयार पार्दासम्म नेपालले १८ ओभरमा २ विकेट गुमाएर ६८ रन बनाएको छ । यसअघि पहिलो खेलमा नेपाल२ विकेट विजयी भएको थियो । इङ्ल्यान्ड र भारतबीतको पाँचौं तथा अन्तिम टेस्ट रद्द भएको छ।इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका केहीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि सुरु हुने भनिएको खेल रद्द गरिएको हो।

सिरिजको अन्तिम तथा निर्णायक टेस्ट खेल रद्द हुँदा नतिजा भने टुङ्गो लागेको छैन। सिरिजको पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत विजयी भएको थियो । यस्तै तेस्रो टेस्ट इङ्ल्यान्डले जित्दा चौथो टेस्टमा भारतले जित दर्तागरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्