नेपाली फुटबल टिमलाई राष्ट्रपति भण्डारीको बधाई – Kanika Khabar
Thursday, May 2Nepali News Portal

नेपाली फुटबल टिमलाई राष्ट्रपति भण्डारीको बधाई

    मा प्रकाशित

साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको नेपाल राष्ट्रिय फुटबल टिमलाई राष्ट्रपति विध्यादेवी भण्डारीले बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत टिमलाई बधाई दिनुभएको हो ।

 

उहाँले ट्विटरमा साफको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गरेको नेपाली टोलीलाई बधाई दिनुभएको हो । ट्विटमा साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टिमका सम्पुर्ण खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बधाई भन्दै फाइनलमा सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्