सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

आजको खेलमा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । सङ्कटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।सङ्कटा आज दोस्रो जितको खोजीमा रहेको छ । सङ्कटा २ खेलमा ४ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अपराजित मनाङ २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।मनाङ आज सङ्कटालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

 

यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।च्यासल र एनआरटीबीचको खेल ४ः४५ मा सुरु हुनेछ । आजको खेलमाच्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ ।

च्यासल २ खेलमा ३ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।यस्तै एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटीले २ खेलमा १ अङ्क मात्रै जोडेको छ ।एनआरटी लिगको १२ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्