जानकी गाउँपालिकाद्वारा महालेखाको प्रतिवेदनमा आएको तथ्यको खण्डन – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

जानकी गाउँपालिकाद्वारा महालेखाको प्रतिवेदनमा आएको तथ्यको खण्डन

    मा प्रकाशित

कनिका संवाददाता
साउन २, कैलाली
महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा कैलालीको जानकी गाउ“पालिकाका उपाध्यक्षले बजेट प्रस्तुत गरेवापत् १ लाख रुपैयाँ लिएको भन्ने तथ्यको गाउँपालिकाले खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले हिजो पत्रकार सम्मेलन गरी महालेखाको प्रतिवेदनमा उल्लेख भएको दिनमा बैठक नभएको, आर्थिक वर्ष २०७५÷०७६ भरी गाउँपालिकाको उपाध्यक्षको लागि यस्तो सुविधा दिने कुनै निर्णय नभएको र लेखा परीक्षण टोलीले हालसम्म लेखेको रायमा यो विषय उल्लेख नभएको जानकारी दिनुभयो । महालेखा जस्तो संवैधानिक निकायबाट प्रस्तुत प्रतिवेदनमा गलत सूचना छापिएकोमा दुःखी भएको पनि गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्