गजल – Kanika Khabar
Saturday, March 15Nepali News Portal

गजल

    मा प्रकाशित

त्यो गाउँ त्यो घर त्यो आँगन सम्झिन्छु ।
बाुआमा ती छोराछोरी झन् सम्झिन्छु ।।
मेरो सारा कर्तब्य,उनले नै पूरा गर्दै छिन्
मुहार भन्दा सुन्दर् उन्को मन सम्झिन्छु ।
ढिडो सिस्नै खाएनि,कति मीठो हुन्थ्यो,
यँहाको र त्यहाँको जीवन सम्झिन्छु ।
हास्यो,खेल्यो,घुम्यो,खायो क्या रमाइलो,
सबैभन्दा सुन्दर बच्पन सम्झिन्छु ।।
म बिदेश आएको साहुकै कारण हो ,
बाुलाई लगाएको वचन सम्झिन्छु ।
मान्छेले यति घमण्ड के का लागि गर्छन्रु
आखिरीमा आउने मरण सम्झिन्छु ।

*******

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्