रुकुम घटनाले सदन ततायो, छानविन समिति गठन – Kanika Khabar
Friday, April 19Nepali News Portal

रुकुम घटनाले सदन ततायो, छानविन समिति गठन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।
रुकुमको घटनाले सदन तताएको छ । रुकुम चौरजहारीमा भएको घटनाको विषयलाई लिएर संसदमा बाझाबाझ भएको हो ।
जाजरकोटका युवा र रुकुम पश्चिमकी युवतीबीचमा भएको प्रेम र विवाहको विषयलाई लिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुबीचमा भनाभन भएको छ । काँग्रेस सांसदहरुले जनप्रतिनिधि नै हत्यामा संलग्न भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । सत्ता पक्षका सांसदहरुले पनि घटनाको विरोध गरेका छन् । नेकपाका सांसद जनार्दन शर्माले आफ्नो क्षेत्रमा भएको घटनालाई ढकाछोप गर्ने हिसाबले संसदमा प्रस्तुत हुन थालेपछि दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विरोध गरेका हुन् ।
काँग्रेसका सबै सांसदहरुले विरोध जनाएपछि संसदमा एकछिन तनाव उत्पन्न भएको थियो । अवस्थालाई साम्य पार्न गृहमन्त्री रामबहादुर थापाले घटनाको बारेमा जानकारी दिदै सत्थ्य तथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि काँग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका थिए । उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग समेत गरे । त्यस्तै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।
अनुसन्धानका लागि समिति गठन
रुकुम घटनाका बारेमा छानबिन गर्नका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सांसदहरुले गृहमन्त्रीसँग जवाफ माग गरेपछि गृहमन्त्री थापाले घटनाको विषमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । दुई पक्षबीचमा झडप भएको भन्दै मन्त्री थापाले नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको बताउँदै लोकेन्द्र सुनार, गोबिन्द शाही, सञ्जु बिक अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको पनि बताए । युवती, युवतीका बुवा, आमा र प्रत्यक्षदर्शी १२ जनालाई प्रहरीले नियन्त्रण लिएर छानबिन अगाडि बढाएको पनि गृहमन्त्री थापाले जानकारी दिए । छानबिन समितिले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री थापाले बताए ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
त्यसैगरी चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली आज घटनास्थलतर्पm प्रस्थान गरेको छ । जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्