एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

    मा प्रकाशित

फागुन २७, काठमाडौँ ।
विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

फाइनल खेल शनिबार हुनेछ । मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्नुभयो । शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहनुभयो । यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाउनुभयो । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिनुभयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाउनुभयो । बिक्रम भुसालले २० रन जोड्नुभयो भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट हुनुभयो ।

एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३÷३ विकेट लिनुभयो । यस जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । एपीएफ दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्