बुटवलको कोरोना अस्पतालबाट पीसीआर परीक्षणविनै २७ जनालाई घर पठाइयो – Kanika Khabar
Friday, April 26Nepali News Portal

बुटवलको कोरोना अस्पतालबाट पीसीआर परीक्षणविनै २७ जनालाई घर पठाइयो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, बुटवल ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् । यस अघि उनिहरुमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरीएको थियो ।

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरीएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले जानकारी बताएकाछन । उनले जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको समेत बताए । यस अघि १४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा यस पटक नयाँ निदेशिका अनुसार त्यसो नगरी घर पठाइएको हो ।

घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने डा. गौतमले बताएकाछन ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने नीति अघि सारेको छ । ३६ बेडको आइसोलेसन अस्पतालमा अब ४ जना जनरल कक्षमा र ३ जना आईसीयूमा रहेका प्रवक्ता गौतमले बताए । यसअघि उक्त अस्पतालबाट दुईपटक गरी १८ जना डिस्चार्ज भइसकेका छन् ।

सरकारको पछिल्लो नीतिले समुदायमा कोरोना संक्रमण झन् फैलिने डर जनमानसमा छाएको छ ।

यो पनि पढ्नुहोस्…

कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्