साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित – Kanika Khabar
Friday, May 10Nepali News Portal

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

    मा प्रकाशित

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ ।मालेस्थित राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

भारतले ३ खेलमा ५ अङ्क जोडेसँगै तेस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ। भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पर्सि बुधबार प्रतिस्पर्धा गर्नेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्