मा प्रकाशित
म जिउने या मर्ने दोधारमा छु
मृत्यु खोज्न म घोडो सवारमा छु
उनी गइन् खुशीको सफरमा
म नदीले छोडेको किनारमा छु
सजिलो भएन जिन्दगीको यात्रा
नरुक्ने नदीको रफतारमा। छु
नसोध नवराज किन मलिन रु
तिखो बचनको म प्रहारमा छु
कसरी खुशी हुँ जिन्दगीदेखि म
दुई दिनको लागि करारमा छु