सानो राप्तीमा मोटरसाइकल खस्दा बेपत्ता भएका चौधरीको शब भेटियो – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

सानो राप्तीमा मोटरसाइकल खस्दा बेपत्ता भएका चौधरीको शब भेटियो

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
दाङको सानो राप्तीमा मोटरसाइकल खस्दा बेपत्ता भएका मनोज चौधरीको शब भेटिएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २७ बर्षिय मनोज चौधरीको पनि शब भेटिएको हो । गएराती मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ४, ५ र ६ सिमाना भएर बग्ने सानो राप्ती पुलमा मोटरसाइकल ठोक्किदा उछुट्टिएर उनीहरु नदीमा खसेका थिए । मोटरसाइकल चालक सुरज नारायण चौधरीको हिजै राति नै मृत्यु भैसकेको छ । उनीहरु लु ५७ ११०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए ।
दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

दाङमा नदीमा मोटर साइकल खस्दा एक जनाको मृत्यु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्