मा प्रकाशित
कनिका खबर
मंसिर ९, दाङ ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।
लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए । बन्द प्रशिक्षणमा जाने सबै खेलाडीको आज पीसीआर जाँचका लागि स्वाव सङ्कलन हुने भएको छ ।