राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लब र नेपाल पुलिस क्लबको बराबरी – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा आर्मी क्लब र नेपाल पुलिस क्लबको बराबरी

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बन्नुभयो । बराबरीसंगै आर्मी र पुलिसले १ / १ अंक प्राप्त गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा साबिक विजेता एपिएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।

प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्