एजेन्सी ।
असोज १५ देखि सुरु हुने साफ च्याम्पियनसिप खेलको तयारीका लागि नेपाल र भारत वीच मैत्रीपुर्ण खेल हुने भएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपाल भारत विचको मैत्रीपूर्ण खेल भदौ १७ र २०गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भारतले भने आज नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरिसकेको छ । नेपालका तर्फवाट भने टिमको घाषणा भेसकेको छैन । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले आज नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गर्नुभएको हो ।