सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरू एकै स्थानमा आयोजना हुने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरू एकै स्थानमा आयोजना हुने

    मा प्रकाशित

चीनमा सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरू एकै स्थानमा आयोजना हुने भएको छ ।एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले छनोट अन्तर्गतको अन्तिम चरणको खेलहरू‘होम एण्ड अवे’ को आधारमा नहुने जनाएको छ ।

 

एएफसीले अन्तिम चरणको खेलहरू सिङ्गल राउण्ड रोबिनको आधारमा केन्द्रीकृत मैदानमा खेलाइने जनाएको छ ।कोरोना भाइरस महामारीका कारण उत्पन्न चुनौतीहरूलाई ध्यानमा राखी सम्बन्धित सबै सरोकारवालाहरूको सुरक्षालाई प्राथमिकता दिएर एएफसी कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।

 

छनोटको अन्तिम चरणको खेल सन् २०२२ को जून ८, ११ र १४ तारिखमा गरिने तथा खेल आयोजनाका लागि सहभागी सदस्यहरूलाई सो खेलहरू आयोजना गर्नका लागि प्रस्ताव पेश गर्न प्रक्रिया अघि बढाइने एएफसीले जनाएको छ ।एएफसीका अनुसार प्रतिस्पर्धाको नियममा आधारित रहेर आवश्यक परे नयाँ खेल तालिका परिवर्तन गर्न सकिनेछ ।यसै महिनाको सुरुवातमा भएको छनोट प्ले–अफमार्फत इन्डोनेसिया र कम्बोडियाले एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्