गजल – Kanika Khabar
Thursday, May 2Nepali News Portal

गजल

    मा प्रकाशित

जवानीमा गर्नुपर्छ जोखिम,काम भनेको
मान्दिन ऊ प्यारमा आगो,लगाम भनेको

आधा पसिना सुकाउनु,आराम होइन बा
सरकारले जस्तो गर्नुपर्छ,आराम भनेको

बदनाम हुँदापनि म यो सम्झेर मुस्कुराउँछु
नाम हुने त हुने हो यार,बदनाम भनेको

जिउँदो मान्छे मर्छ, मरेको मान्छे बाँच्छ
यस्तै हो यो राजनीतिको,जुखाम भनेको

यो गोर्खाली शिर झुक्न,मान्दै मान्दैन
मन्दिर जाम ढुंगा ढोगेर,आम भनेको

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्