आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको जीत – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको जीत

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्