इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएको छ । महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना महामारी थप फैलिन सक्ने आकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सीमित गरिनेछ । ‘क्रिसमस बिदा आउँदै छ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै छौँ, हामीले राम्रो ख्याल गरेनौँ, लापरबाही गऱ्यौँ भने महामारी झन् फैलिन सक्छ,’ प्रधानमन्त्री कोन्टेले भने ।
नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागू हुने पनि उनले जानकारी दिए । नयाँपत्रिकाबाट