गजल : प्रवासी सुमन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

गजल : प्रवासी सुमन

    मा प्रकाशित

मान्छेहरु भन्दैछन् अव त केहि हुन्छ
सोच्छु पानी जमाएर कैले दही हुन्छरु

हिजो त निकै गाह्रो हुन्थ्यो देख्न पनि
आज “नेता”भनाउॅंदो जहातहिॅं हुन्छ

बोल्दा थोरै पनि धक मान महोदय
सधैं तिम्रै मात्र बात कसरी सही हुन्छरु

तिम्रा बतासे कुरा पनि जनका बोली अरे
हाम्रो भने सबुत पनि मात्र सतही हुन्छ

रेल आयो,जहाज आयो अव के होलारु
गफैले मात्र त समृद्धि गीतको लैलै हुन्छ

भ्रष्ट जति सुनपानीले चोख्याउने सरकार
आफै बोक्सी आफै झाक्री पनि कहिॅं हुन्छरु

“रअ” भेट्दा स्वाभिमान लत्र्यो कि उॅंचो भोरु
“टुक्का”को भर पर्दा देशको हाल यही हुन्छ।

३ घोराही, दांग
हालस् टेक्सस, अमेरिका

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्