इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अर्को साता प्रस्थान गर्ने – Kanika Khabar
Sunday, May 5Nepali News Portal

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अर्को साता प्रस्थान गर्ने

    मा प्रकाशित

एजेन्सी ।
इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम मे २५ तारिखका दिन जाने भएको छ । कतार एयरवेजबाट नेपाली टिम दोहा हुँदै इराकका लागि प्रस्थान गर्नेछ ।नेपाल भन्दा निकै माथिको बरियतामा रहेको इराकसँग नेपालले मे २९ मा मैत्रीपुर्ण खेल खेल्नेछ । इराकसँगको खेलपछि नेपाली टिम फिफा विश्वकप छनौटका लागि कुवेत प्रस्थान गर्नेछ ।

 

इराकसँगको खेल खेलेको अर्को दिन अर्थात मे ३० तारिखमा कुवेत प्रस्थान गर्नेछ ।एन्फाले राष्ट्रिय फुटबल टिमका लागि अमेरीकी दुतावासले गरेको चार्टड फ्लाइटमा मिलाएर टिमलाई पठाउने भएको हो । मैत्रीपुर्ण खेल र विश्वकप छनौटका लागि राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार २३ खेलाडीको टिम घोषणा गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्