निशालाई करिश्मा, उषा र रेजिनाको सहयोग – Kanika Khabar
Thursday, March 20Nepali News Portal

निशालाई करिश्मा, उषा र रेजिनाको सहयोग

    मा प्रकाशित
तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको दुई महिनामा सवारी दुर्घटनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि सहयोगी हातहरु जुट्न थालेका छन् । बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ उनलाई शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।
निशालाई अभिनेत्रीहरुले पनि सहयोग गरेका छन् । शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरे । करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार पनि हस्तान्तरण गरिएको कलाकार संघले जनाएको छ ।
यसैगरी, संघले निशाका लागि सहयोग अभियान सुरु गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको संघका प्रवक्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । निशाको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकोमा संघले नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गरेको छ ।
सवारी दुर्घटनामा परेपछि निशाको लामो समय भारतमै उपचार भएको थियो । तर, आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले अस्पतालको खर्च धान्न सकेन र उनलाई नेपाल ल्यायो । उनको स्वास्थ्यमा सुधार आउनेमा नर्भिक अस्पतालका चिकित्सकहरु विश्वस्त छन् । उनले फिल्म ‘मधेशीपुत्र २’ सँगै केही टेलिसिरियल र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्