चौथो संस्करणको ईपीएल क्रिकेटमा आज भैरहवा र काठमाडौंबीच प्रतिस्पर्धा हुने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

चौथो संस्करणको ईपीएल क्रिकेटमा आज भैरहवा र काठमाडौंबीच प्रतिस्पर्धा हुने

    मा प्रकाशित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीएटर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र भैरहवाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई यस खेल महत्त्वपूर्ण रहेको छ ।प्ले अफ पुग्नका लागि काठमाडौंलाई जित बाहेक अन्य विकल्प छैन ।

काठमाडौं ४ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा काठमाडौं बाहिरिनेछ । जित निकालेका चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ ।काठमाडौं हारेको खण्डमा ललितपुर प्याट्रीएट्सले प्ले अफमा स्थान बनाउनेछ ।भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।काठमाडौंलाई हराएर भैरहवा क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ ।

शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्