नक्सलबारी – Kanika Khabar
Sunday, May 5Nepali News Portal

नक्सलबारी

    मा प्रकाशित

गणतन्त्रको मन्दिरमा
जब खेल्न थालिन्छ सत्ताको अवैध खेल
प्रजातन्त्रको पाठेघरमा
जब हुर्कन थाल्छ कूटनीतिको आतङ्की बिरुवा

बाटोलाई पटक्कै मन पर्दैन जब पाखण्डी पाइला
माटोलाई पटक्कै मन पर्दैन जब सामन्ती गन्ध

संविधानले जब चिम्लिदिन्छ आँखा
झन्डाले देख्दैन पसिनाको रङ
लालफिताशाही जब कुल्चेर हिँड्छन्
सर्वहारा सरिसृपका अङ्ग अङ्ग

सत्ताका भीमकाय आँखाले जब देख्न छाड्छन्
भुइँफुट्टा जीवहरू
इतिहासका हातले जब लेख्न छाड्छन्
अपठ्यारा अक्षरहरू

सतहबाट बलजफ्ती उखालिएपछि
विस्थापित विच्छिन्न पाइलाहरू जब
भोकको पुल्टो बालेर हिँड्छन् जङ्गल जङ्गल
अनि चौकीलाई देख्छन् दुस्मन दुस्मन
जन्मन्छ एउटा बेनामी क्रान्ति।।।

शोषकको छात्ती भेद्न जुर्मुराउँछ जङ्गली तीर
हावामा जताततै फैलिन्छ बारुदी गन्ध
परम्पराको सुविधायुक्त राजमार्गमा
दुर्घटनाग्रस्त बन्छ कपटी इतिहास
अनि छिया छिया हुन्छ समयको घमण्डी विचार

सत्ताले भन्छ जङ्गलवाद
मिडियाले भन्छ नक्सलवाद।

       **********

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्