जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

    मा प्रकाशित

साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गर्नुभएको छ । लण्डनमा गयरराति भएको खेलमा क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुग्न्ुभएको हो ।

विश्व नम्बर एक खेलाडी समेत रहनुभएका सर्बियाका जोकोभिचले डेनिसलाई ७–६ (७–३), ७–५ र ७–५ को सेटमा पराजित गर्नुभएको हो । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल हुनुभएको छ । जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जित्नुभएको थियो । १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहनुभएको छ । जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग प्रतिस्पर्धा गर्नु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्