पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान अफ्रिदीले ईपीएल खेल्ने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान अफ्रिदीले ईपीएल खेल्ने

    मा प्रकाशित

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग(ईपीएल) खेल्ने हुनुभएको छ । चौथो संस्करणको ईपीएलमा उहाँले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने बताइएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं किंग्सले विदेशी खेलाडीका रुपमा शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिएका हो । नेपाली लिग खेल्न आउने विदेशी खेलाडीमध्ये अफ्रिदी सबैभन्दा चर्चित र सफल खेलाडी हुन् ।

अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ। सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्