नेपाली फुटबल टोली आज कतार जाँदै – Kanika Khabar
Saturday, May 4Nepali News Portal

नेपाली फुटबल टोली आज कतार जाँदै

    मा प्रकाशित

नेपालको राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ ।दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको हो ।

 

साफको अन्तिम तयारीका लागि नेपाली टिम भोलि आज कतार प्रस्थान गर्दैछ । कतार जाने नेपाली टिमलाई हिजो बीच बिदाइ गरिएको थियो ।कतार जाने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली लगायतले बिदाई गर्नुभएको थियो ।

 

प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबारनै कतार गइसक्नुभएको छ । नेपालले साफको अन्तिम तयारी कतारमा गर्नेछ । कतारमा सम्भव भएको खण्डमा केही मैत्रीपूर्ण म्याच समेत नेपाली टिमले खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्