असोज १, दाङ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमै रहेको थियो ।
नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १सय७औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ ।नेपालभन्दातल भुटान, बङ्गलादेश,श्रीलंका र पाकिस्तान रहेको छ । बङ्गलादेश १सय८९ औं, भुटान १सय८७औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका२ सय ५ औं स्थानमा रहेका छन् ।नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियमयथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमाफ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन्।अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।