आहा रारा गोल्डकपमा आज एक मात्रै खेल हुँदै – Kanika Khabar
Sunday, May 5Nepali News Portal

आहा रारा गोल्डकपमा आज एक मात्रै खेल हुँदै

    मा प्रकाशित

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ ।पोखरा रङ्गशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा युएसएबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

 

यस खेलको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।एपीएफ आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्