कविता : म को हो ? – Kanika Khabar
Friday, January 23Nepali News Portal

कविता : म को हो ?

    मा प्रकाशित

म तिमीलाई चिन्दछु
म उसलाई पनि चिन्दछु
म हलानो फलानो सबैलाई चिन्दछु
तिम्रा गुणहरूलाई पन्छाएर
म तिम्रो बारेमा धारणा बनाउँछु
तर म को होरु
म आफूले आफैलाई चिन्दिनँ
सदैव तिम्रा अवगुण मात्र देख्ने मेरा आँखालाई
आफ्नो हत्केलामा राखेर
टाढाबाट आफूलाई झाँक्छु
हाडलाई छालाले बेरेको मेरो आकृति
आँखा झिकिएको, अपूर्ण लाग्छ
केवल आवरण मेरो पहिचान होइन
मेरो मन कस्तो छरु आत्मा कस्तो छरु
जान्ने इच्छा जाग्छ
अनि मुटुलाई हत्केलामा राखेर नियाल्छु
त्यहाँ त केवल मांसपेशीको डल्लो
एकतमासले धडक धडक गर्छ
त्यहाँ मेरो मन र आत्मा काहिँ कतै देख्दिनँ
बेला बेलामा भन्ने गर्थेँ
“तिमीले मेरो मन दुखायौ”
“म सत्य छु त्यो मेरो आत्मालाई थाहा छ”
तर त्यो बेला बेलामा दुख्ने मन
अनि आफूलाई महसुस गर्ने आत्मा कहाँ छरु
निराश भएर ऐना अगाडि बस्छु
त्यहाँ झल्किएको आफ्नो मुखावृति नियाल्छु
हातले स्पर्श गर्दा दाहिने गालाको कोठी
ऐनामा बायाँतिर देख्छु
ऐनाले पनि यथार्थबाट टाढिएर
मेरो बारेमा धारणा बनाएछ
हत्तेरिका१ मैले आफूलाई कहिल्यै देख्दिनँ
म को होरु
मैले आफूलाई कहिल्यै चिन्दिनँ
तर तिम्रो सात पुस्तालाई चिन्दछु
र तिम्रो बारेमा धारणा बनाइरहन्छु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्