अहिले नक्सालाई समेट्ने गरी मात्र संविधान संशोधन : प्रधानमन्त्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

अहिले नक्सालाई समेट्ने गरी मात्र संविधान संशोधन : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ६, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नयाँ नक्सालाई समेट्ने गरी मात्र संविधान संशोधन हुन बताएका छन् । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर तयार पारेको नयाँ नक्सालाई कानूनी मान्यता दिन संविधान संशोधनको तयारी गरेको छ ।

अब संशोधन प्रस्ताव छिट्टै संघीय संसदमा दर्ता हुनेछ । संविधानको अनुसूची ३ मा नेपालको निशान छाप भित्र नेपालको पुरानो नक्सा अङ्कित भएकाले त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अङ्कित निशान छाप राख्नुपर्ने हुन्छ ।

संसदमा आउने संविधान संशोधनको प्रस्ताव सदनबाट सर्वसम्मत पारित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म ठान्छु, संविधानको अनुसूची ३ । त्यो संसदले पारित गरेका दिन देशमा दीपावली हुनेछ राष्ट्रियताको पक्षमा ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्