गजल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

गजल

    मा प्रकाशित

को को कति पानी माथि हेर्न बाँकी छ।
कस्का पछि कति ताँती हेर्न बाँकी छ।

सबैले भन्छन् भन्न त जनताका लागि,
को हुन् क-कसका लागि हेर्न बाँकी छ।

बाहिरी हस्तक्षेप छैन देशमा कसरी भनु,
फेरि बन्यो रे नेता बिहारी हेर्न बाँकी छ।

सब भन्छन् अन्तैछ चाबी देश चलाउने,
कस्को हातमा रैछ चाबी हेर्न बाँकी छ।

यहि अबस्थामा बच्दैन यो देश पक्कै,
उत्तर या दक्षिणले लानी हेर्न बाँकी छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्