तपाइँलाई कस्तो लाग्छ कमरेड
गाउँ गाउँका सिंहदरबार
सहरभरिका लालदरबार
भोकको अलाप रोदनका चित्कार
असन्तुष्टिको आगो
चोर बसेको चौतारो
साधु चढेको शूली
आँसु बगेको त्रिशुली
कमरेडको केही साइनो त पर्दैन रु
तपाइँलाई कस्तो लाग्छ कमरेड रु
जंगबहादुरको जँग
महेन्द्रको पञ्चायत
विपिको समाजवाद
मदनको जनवाद
पुष्प कमलको प्रचण्डपथ
आजको गणतन्त्र
तपाइँलाई कस्तो लाग्छ कमरेड रु
लुई सोह्रौँको गिलेटिन
हिटलरको ग्याँस च्याम्बर
भैरवनाथको बधशाला
माओको चिङकाङसाङ
लेनिनको पेत्रोग्राद
चेग्वेभाराको बोलेभिया
लेन्डुप दोर्जेको सिक्किम
दलाई लामाको तिब्बत
कमरेडलाई कुन प्रिय लाग्छ कमरेड रु
चितामाथिको भोज
खरानीभित्रको आगो
गुम्सिएको जनमन
दबाइएको आवाज
तिम्रो सत्ता र आजादी
गीतहरू कुनै साइनो लाग्छ कि दुश्मनी
कुन प्रिय लाग्छ कमरेड रु
गरिबको आँसु
श्रमिकको पसिना
तिम्रो सम्वृद्धि
सत्ताको वैभव
कुन रसिलो
कुन स्वादिलो हुन्छ कमरेड रु
तपाइँलाई कुन प्रिय लाग्छ कमरेड रु