स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

    मा प्रकाशित

कनिका खबर

कार्तिक २३, दाङ ।

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल, ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल गर्नुभयो । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काउनुभएको थियो । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्