गजल – Kanika Khabar
Friday, April 26Nepali News Portal

गजल

    मा प्रकाशित

बनायौ खुबै मेहनत गरी शराब बनायौ
एक्कासी पिउनै पर्ने मीठो दबाब बनायौ

चल्दै थियो द्वन्द्व दिमाग र मनको बिचमा
मुखै रसाउने मिठो तिमीले कबाब बनायौ

मलाई थाहा छैन लत सही हुन्छ या गलत
जादैनन अन्त यी नजरलाई खराब बनायौ

रित्तियो गोजी सगसगै रित्तियो मन पनि
जब तिमीले मिल्दै नमिल्ने हिसाब बनायौ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्