गजल – Kanika Khabar
Sunday, March 15Nepali News Portal

गजल

    मा प्रकाशित

बनायौ खुबै मेहनत गरी शराब बनायौ
एक्कासी पिउनै पर्ने मीठो दबाब बनायौ

चल्दै थियो द्वन्द्व दिमाग र मनको बिचमा
मुखै रसाउने मिठो तिमीले कबाब बनायौ

मलाई थाहा छैन लत सही हुन्छ या गलत
जादैनन अन्त यी नजरलाई खराब बनायौ

रित्तियो गोजी सगसगै रित्तियो मन पनि
जब तिमीले मिल्दै नमिल्ने हिसाब बनायौ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्