अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारतको जित – Kanika Khabar
Friday, April 26Nepali News Portal

अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारतको जित

    मा प्रकाशित

अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।भारतले दिएको १सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाउनुभएको थियो । यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाउनुभयो । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट हुनुभयो । सिन एब्बट र मिचेल स्विपसन समान १२÷१२ रनमा अविजित रहनुभयो ।

भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३÷३ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो ।यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहनुभयो ।
त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाउनुभयो । कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाउनुभयो । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल आइतबार भोली हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्