मंसिर २०, काठमाडौँ ।
नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ ।
बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक प्रदेश संघले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ । प्रतियोगितामा तीन टिम हुनेछ र, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईनेछ ।