दुई पुस्तक विमोचन – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

दुई पुस्तक विमोचन

    मा प्रकाशित

युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेखेको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’ को आज दमौलीमा विमोचन गरिएको हो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिए । साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताए।

शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युग युगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलङ्कार भाषित गर्नुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए ।

व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्