गजल : प्रवासी सुमन – Kanika Khabar
Friday, April 26Nepali News Portal

गजल : प्रवासी सुमन

    मा प्रकाशित

प्रवासी सुमन

बोल्नेले जे सुकै बोलोस् चम्चाहरुलाई ताली बजाउन हतारो छ
शोकमग्न छ बस्ती यहाँ सालिकहरुलाई भजन गाउन हतारो छ

बाढी पहिरो सँगै बगेका छन् कैयौँ अमूल्य जीवन अकालमै
भक्तजनहरुलाई भने मालिककै जन्मोत्सव मनाउन हतारो छ

लास भएर फर्किन विवस छन् सपनाहरु बाकस भरी गाउँमा
सरकारलाई भने रंगीचंगी समृद्धि सडकभरि सजाउन हतारो छ

किन सुक्दैछ संवेदनाको मूल आजको मान्छे भित्र यसरी?
र त मलामी जाँदा पनि सेल्फी कै लागि लजाउन हतारो छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्