कविता : राम्रो ‘म’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

कविता : राम्रो ‘म’

    मा प्रकाशित


‘म’
राम्रो ‘म’
‘म’ संग धेरै चिजहरु छन्
ती सबै मेरा हुन्
तर ती कुनै पनि चिज ‘म’ होइन
यो मेरो खाली खोपडी
यो मेरो भाते भूँडी
अनि यी गन्तव्यहीन पाइतलाहरु
हो, यी सबै मेरै हुन्
तर यी सबै ‘म’ होइन
मेरो बुवा, आमा, छोराछोरी
अनि अर्धाङ्गिनी सबै मेरा हुन्
तर ती सबै ‘म’ होइन
मेरो घर छ, जमिन छ
ति मेरा हुन् तर ति सबै ‘म’ होइन
मेरो समाज छ, राष्ट्र र ब्रम्हाण्ड छ
तर ति सबै ‘म’ होइन
मैले ‘म’ लाई केलाउँदै जान्छु
मेरो ब्रम्हाण्ड, समाज र राष्ट्रलाई
‘म’ देखि पाखा लगाउँछु
मेरो परिवारलाई पनि
मैले ‘म’ देखि टाढा राख्छु
मेरो श्रीसम्पत्तीलाई पनि
मैले ‘म’ देखि अलग राख्छु
अनि मेरो शरीरलाई पनि त्यागिदिन्छु
मेरा सबै चिजहरुलाई
प्याजका प्रत्येक तहहरुलाई उप्काए झैं
एक एक गरी ‘म’ बाट अलग्याउँछु
अनि बाँकी रहन्छ शून्य
हो, त्यही शून्यतामा गुजुल्टिएको छ
राम्रो ‘म’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्