राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ क्लव उपाधि नजिक – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ क्लव उपाधि नजिक

    मा प्रकाशित

फागुन ३, काठमाडौँ ।
राष्ट्रिय महिला फुटबल लिगमा शीर्ष स्थानको एपीएफले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । लगातार दशौं खेल जित्ने क्रममा आज एपीएफले पुलिसलाई २ का विरुद्ध १ गोलले पराजित गरेको हो ।

जारी लिगमा एपीएफले व्यहोरेको यो पहिलो गोल हो । यसअघि ९ खेलमा७१ गोल गरेको एपीएफले कुनै गोल व्यहोरेको थिएन । १० खेलबाट ३० अंक जोडेको एपिएफ उपाधि नजिक पुगेको छ ।

एपीएफले अब बाँकी दुईमध्ये एक खेल जितेमा च्याम्पियन बन्नेछ ।समान १० खेलबाट २५ अङ्क बनाएको आर्मी क्लव दोस्रो स्थानमा छ । १० खेलबाट १४ अङ्क मात्र जोडेको पुलिस चौथो स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्