कोपा अमेरिका फुटबलका लागि ब्राजिलले घोषणा ग¥यो २४ सदस्यीय टीमको घोषणा – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोपा अमेरिका फुटबलका लागि ब्राजिलले घोषणा ग¥यो २४ सदस्यीय टीमको घोषणा

    मा प्रकाशित

एजेन्सी ।
कोपा अमेरीका फुटबल प्रतियोगिताका लागि ब्राजिल टिमको घोषणा भएको छ । प्रशिक्षक टेटेले कोपा अमेरीकाका लागि २४ सदस्सीय टिमको घोषणा गर्नुभएको हो । घरेलु मैदानमा जुलाई १३ बाट सुरु हुने खेलमा ब्राजिलले तीन जना गोलकिपर, आठ डिफेन्डर, ६ मिडफिल्डर र सात जना स्ट्राइकरलाई स्थान दिएको छ। ब्राजिलले उद्घाटन खेलमा भेनेजुयलासँग प्रतिस्पधा गर्नेछ ।

यसअघि अन्तिम समयमा ब्राजिलमा कोपा अमेरीका गरेको भन्दै आपत्ती जनाएका खेलाडी फेरी खेल्नका लागि राजि भएका थिए । ब्राजिलमा गोलकिपरका लागि एलिसन, एडरसन, वेभेरटन, डिफेण्डरमा एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्कविवन्होस, थियागोलशिल्भा, मिडफिल्डरमा कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा र फरवार्डमा एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, नेमार जुनियर, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्