नेपाल र अमेरिकाबीचको खेल आज – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपाल र अमेरिकाबीचको खेल आज

    मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्र्तराष्ट्रिय शृङ्खलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

 

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रनेछ । लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । लिग–२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्